सोमबार, असोज ७ गते २०८१    
images
images

राजस्व छलेर ल्याइएका एक करोडका सामान बरामद

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ५ २०७९
images
images
राजस्व छलेर ल्याइएका एक करोडका सामान बरामद
फाइल तस्बिर

कारोबारमा संलग्न रहेको आरोपमा पर्सा घर भइ काठमाडौं बस्दै आएका ४० वर्षीय छविलाल अगस्ती पक्राउ परेका छन्।

images
images

काठमाडौं- नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ। काठमाडौंको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

images
images
images

प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बण्डल बरामद गरेको छ। यसका साथै बरामद गरिएका गुट्खा, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस्, इलेक्ट्रिोनेनिक्स चिप्स, अक्सिमिटर, पटाका, भुइचम्पा, आतिसबाजलगायतका सामग्री बरामद गरी आज सार्वजनिक गरेको छ। 

अवैधरुपमा सामान ल्याएर राखिएको छ भन्ने सूचनाको आधारमा परिचालित टोलीले बुधबार ती सामान बरामद गरेको हो। ती सामान अवैधरुपमा ल्याई काठमाडौं महानगरपालिका-७ गोपीकृष्णनगरस्थित श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको छ। उनले ती सामान भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएका थिए।

उक्त कारोबारमा संलग्न रहेको आरोपमा पर्सा घर भइ काठमाडौं बस्दै आएका ४० वर्षीय छविलाल अगस्ती पक्राउ परेका छन्। उनले काठमाडौं महानगरपालिका-७ स्थित पुष्पा अधिकारीको घरको सटर भाडामा लिई राजस्व छली गरेर ल्याइएका सामान भण्डारण गर्ने गरेको खुलेको छ। 

images

कार्यालयले अनुसन्धान तथा कारबाहीका लागि बरामद सामान आजै राजस्व अनुसन्धान विभागमा पठाएको छ भने विष्फोटक पदार्थसमेत रहेकाले सोही कसुरअन्तर्गतको मुद्दामा उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ५ २०७९०८:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend