शनिबार, वैशाख २९ गते २०८१    
images
images

दरबार सिनेम्याक्समा वुहल्फ एयरमास्क जडान

images
बिजनेस न्युज
images
images
दरबार सिनेम्याक्समा वुहल्फ एयरमास्क जडान
images
images

काठमाडौं- नेपाली सिने दर्शकहरुलाई सुबिधा र प्रीमियम विलासिताका साथ सिनेमाको अनुभव दिने उद्देश्यले दरबारमार्ग मा स्थापना भएको दरबार सिनेम्याक्समा कोभिड लगायत अन्य भाइरस ब्याक्टेरिया माइक्रोब्स लाइ पुर्ण रुपमा बेअसर गर्न वुहल्फ एयरमास्कएयर स्टेरीलाइजेशन सिस्टम जडान गरेको छ।

images
images
images

दरबार सिनेम्याक्स को तर्फबाट प्रवन्ध निर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयर प्रा लि को तर्फबाट रोजन श्रेष्ठले हस्ताक्षर गरि सो प्रबिधि जडान गरिसुरुवात गरिएको कम्पनीले जनाएको छ।

images

गुण समूह अन्तर्गत नेपालको सवैभन्दा सुबिधा सम्पन्न सिनेमा भवन दरबार सिनेम्याक्स ले नेपालमै पहिलो पटक 'अल अबाउत इनोभेसन' जर्मन प्रबिधि बाट निर्मित वुल्फ एयरमास्कले बर्तमान समयमा कोभिड संक्रमणलाई समेत मध्यनजर गर्दै हावामा फैलने मोल्ड ,कोरोना वा इन्फ्लुएञ्जा भाइरस, एलर्जी, ब्याक्टेरिया ,पराग कण ,धुलो इत्यादिको वरिपरि क्लस्टरहरु बनाउछ र तिनिहरुलाइ निष्क्रिय बनाउने कम्पनीले जनाएको छ।

images

सिनेमा हलहरुमा सम्पुर्ण भाइरस या ब्याक्टेरिया धुलो र गन्ध केही समयभित्रै पुर्ण रुपमा निस्प्रभावी बनाउछ र बुल्फ मास्कले सिनेमाहल भित्र शुद्ध हावा उत्पादन गर्दै स्वस्थ सास फेर्न सक्ने वातावरण बनाउने उनीहरुको दाबी छ।

images
images

यो बुल्फ एयर मास्क ९९.९९ प्रतिशत भाइरस मुक्त रहेको र बैज्ञानिक रुपमा समेत सबै उमेर समुहको लागि उपयुक्त मानिन्छ। दरबार सिनेम्याक्स नेपालमा वुल्फ एयरमास्क स्थापना गर्ने पहिलो कम्पनी भएको बताइएको छ।

 दरवार सिनेम्याक्सका प्रवन्ध निर्देशक दिप्रश शाक्यले बुल्फ एयर मास्क एयर स्ट्रेरिलाइजेसन सिस्टम जडान गर्ने पहिलो सिनेमा हल वन्न पाउँदा खुशी लागेको बताए।

images

प्रकाशित : बुधबार, साउन ४ २०७९०५:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend