सोमबार, असोज ७ गते २०८१    
images
images

एनआईसी एसिया बैंकको नाफा ४ अर्ब ५२ करोड पुग्यो, प्रतिसेयर आम्दानी ३९.१३ रुपैयाँ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ५ २०७९
images
images
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब ५२ करोड पुग्यो,  प्रतिसेयर आम्दानी ३९.१३ रुपैयाँ

बैंकले २०७८/७९ को अन्त्यसम्म २ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब ५२ अर्ब ऋण प्रवाह गरेको छ। 

images
images

काठमाडौ-  आर्थिक वर्ष २०७८/७९ मा एनआईसी एसिया बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ। 

images
images
images

बैंकले प्रकाशित गरेको चौथो त्रैमासको रिपोर्ट अनुसार गएको वर्ष  ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ३८.८६ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो। 

बैंकले  वितरण योग्य नाफा भने २ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ। 

बैंकको नाफामा वृद्धि भएपनि निक्षेप तथा कर्जामा भने उल्लेख्य प्रगति गर्न सकेको छैन। निक्षेप १ प्रतिशतले बढाको छ भने ऋण १.४८ प्रतिशतले बढाएको छ। 

images

बैंकले २०७८/७९ को अन्त्यसम्म २ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब ५२ अर्ब ऋण प्रवाह गरेको छ। 

बैंकको खराब कर्जा भने ०.४९ प्रतिशत रहेको छ। 

प्रतिसेयर आम्दानी ३९.१३ रुपैयाँ रहेको बैंकको प्रति सेयर नेटवर्थ २१७.५२ रुपैयाँमा स्थिर रहेको छ। 


प्रकाशित : बिहीबार , साउन ५ २०७९०५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend