शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध, वर्षा बढेसँगै स्थानीय बासिन्दा घरबाहिर बस्न बाध्य

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ५ २०७९
images
images
बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध, वर्षा बढेसँगै स्थानीय बासिन्दा घरबाहिर बस्न बाध्य

हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए।

images
images

सिन्धुपाल्चोक- गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डको ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ। 

images
images

बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए।

images
images

यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए। गए राती भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए।

images
images
images

गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो। जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। रासस


प्रकाशित : बिहीबार , साउन ५ २०७९०४:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend