शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ५ २०७९
images
images
फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

आयोजनाको अनुमानित लागत ९२ अर्ब ३० करोड रुपैयाँ रहेको छ। 

images
images

मान्म- फुकोट-कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ। चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो। 

images
images

प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए। 'स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने  निर्णय भएको छैन।' आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनाका सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताए। 

images
images

आयोजनास्थल कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्छ। आयोजनाका संरचना सो गाउँपालिकाको वडा नं १, २ र ३ मा बन्ने छन्। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको प्रमुख वाइबाले बताए। आयोजनाको अनुमानित लागत ९२ अर्ब ३० करोड रुपैयाँ रहेको छ। 

images
images
images

आयोजना निर्माण गर्दा एक हजार १४९ परिवार प्रभावित हुने बताइएको छ। आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको वाइबाले जानकारी दिए। हालसम्म ५० करोड रुपैयाँभन्दा बढी रकम मुआब्जावापत वितरण गरिएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ५ २०७९०४:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend