शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपालीलाई २ सय डलरसम्म सटही दिन पाउने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ४ २०७९
images
images
मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपालीलाई  २ सय डलरसम्म सटही दिन पाउने

नेपाल राष्ट्र बैंकले निर्देश जारी गर्दै यस्तो व्यवस्था गरेको हो। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्राको विनिमय कारोबारको अनुमति पाएका मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई २ सय अमेरिकी डलरसम्मको सटही सुविधा दिन पाउने भएका छन्। 

images
images

नेपाल राष्ट्र बैंकले विमानस्थलमा रहेका अनुमति पाएका मनिचेञ्जरका लागि यस्तो सुविधा ल्याइदिएको हो। नेपाली नागरिकले विदेश भ्रमणमा जाँदा पाउने कूल १५ सय अमेरिकी डलरमा नबढ्नेगरी मनिचेञ्जरले २ सय डलर दिनसक्ने छन्।

images
images

कुनै पनि नेपाली नागरिकले पहिले नै बैंकबाट १५ सय डलर सटही पाएको अवस्थामा भने यस्तो सटही दिन पाइने छैन। कुनै नागरिकले पासपोर्ट भिसाको आधारमा १३ सय डलर लिएको छ भने मनिचेञ्जरले २ सय डलर दिनसक्नेछन्। 

images
images
images

 


प्रकाशित : बुधबार, साउन ४ २०७९०८:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend