शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

नेपाली उद्योगले सुरु गरे भारतमा डण्डी निर्यात, श्री स्टिलले पठायो ३५ टन डण्डी

images
बुधबार, साउन ४ २०७९
images
images
नेपाली उद्योगले सुरु गरे भारतमा डण्डी निर्यात, श्री स्टिलले पठायो ३५ टन डण्डी

सरकारले जेठ १५ गते चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा सिमेन्ट तथा स्टिल निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको थियो।

images
images

काठमाडौं- नेपालबाट पहिलो पटक भारततर्फ स्टिल पनि निर्यात भएको छ। भारतमा निर्यातका लागि भारतीय गुणस्तर चिह्नसमेत पाइसकेको श्री स्टिलले पहिलोपटक ३५ टन डण्डी भारत निर्यात गरेको हो। 

images
images

'बलियो र गुणस्तरीय निर्माणसँगै सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्‍याउने उद्देश्यका साथ सञ्चालित उद्योगले सरकारले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार भारत निर्यातको शुभारम्भ गरेको हो' श्री स्टिल्स प्रालिका सञ्चालक राजेश अग्रवालले बताए।

images
images

सरकारले जेठ १५ गते चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा सिमेन्ट तथा स्टिल निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको थियो। यसका लागि अर्थ मन्त्रालयले निर्यात कार्यविधि समेत बनाइरहेको छ। व्यवसायीहरुले निर्यात कार्याविधि बन्दै गरेको अवस्था पनि निर्यात भने सुरु गरेका हुन्।

images
images
images

यसअघि केही दिन अगाडि तानसेन सिमेन्ट (पाल्पा सिमेन्ट उद्योग)ले तीन हजार बोरा सिमेन्ट भारत निर्यात गरेको थियो। कम्पनीले परीक्षणका लागि पहिलो पटक भैरहवा नाकाबाट सिमेन्ट निर्यात गरेको थियो। अन्य उद्योगहरुले पनि सिमेन्ट निर्यातका लागि भारतीय गुणस्तर चिह्न लिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएका छन्। 

सिमेन्टमा नेपाल आत्मनिर्भर भइसकेको छ भने डण्डीमा पनि नेपाल आत्मनिर्भर हुने चरणमा छ। नेपालमा अहिले स्पञ्ज आइरन ल्याउँदे डण्डी उत्पादन गर्ने उद्योग आधा दर्जनभन्दा बढी छन्। अहिले स्पञ्ज आइरन ल्याउँदै डण्डी उत्पादनका लागि केही नयाँ उद्योग समेत दर्ता भएको छ।

केही समय अगाडि मात्रै साढे ५ अर्ब रुपैयाँको लगानीमा प्राइम स्टिल उद्योग दर्ता भइसेको छ। यसैगरी मंसिरमै नेपालमा स्पञ्ज आइरन आयात गर्दै डण्डी उत्पादनका लागि लक्ष्मी ग्रुपले समेत उद्योग दर्ता गराएको थियो। लक्ष्मी ग्रुपले २ अर्ब ६७ करोडको लगानीमा सिद्धिलक्ष्मी स्टिल उद्योग दर्ता गराएको थियो। चालु आर्थिक वर्षमा आधा दर्जन डण्डी उद्योग दर्ता भएको छन्।

आर्थिक २०७८०/७९ को प्रतिस्थापन आर्थिक अध्यादेशबाट सरकारले विदेशबाट आयात हुने स्टिल बिलेटमा अन्तःशुल्क बढाएर स्वदेशमै बिलेट बनाउने उद्योगीलाई प्रोत्साहन हुनेगरि अन्तःशुल्क ऐनमा संशोधन गरेको थियो। अहिले आर्थिक वर्ष २०७९/०८० को बजेटमा मार्फत स्टिल निर्यातमा प्रोत्साहन दिने नीति लिएको थियो।


प्रकाशित : बुधबार, साउन ४ २०७९०६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend