सोमबार, असोज ७ गते २०८१    
images
images

उद्योगमा आएका लगानी प्रतिबद्धताको १६ प्रतिशत विदेशी लगानी 

images
बुधबार, साउन ४ २०७९
images
images
उद्योगमा आएका लगानी प्रतिबद्धताको १६ प्रतिशत विदेशी लगानी 

यसरी दर्ता भएका उद्योगमा आएको कुल लगानी प्रतिवद्धताको करिब १६ प्रतिशत विदेशी लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ।

images
images

काठमाडौं- गत आर्थिक वर्ष २०७८/०७९ मा कुल नेपाली तथा विदेशी लगानी प्रतिवद्धतासँगै ३ सय ९ वटा उद्योग दर्ता भएका छन्। 

images
images
images

यसरी दर्ता भएका उद्योगमा आएको कुल लगानी प्रतिवद्धताको करिब १६ प्रतिशत विदेशी लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ।

उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका ३ सय ९ वटा उद्योगमा कुल ३ अर्ब ४३ अर्बको लगानी प्रतिबद्धता आएको छ।

यसरी आएको कुल लगानी प्रतिबद्धताको करिब १६ प्रतिशत अर्थात ५४ अर्ब १५ करोड रुपैयाँ बराबरीको विदेशी लगानी प्रतिबद्धता रहेको छ।

images

विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा भन्दा गत आर्थिक वर्ष २०७८/०७९ मा उद्योग दर्ताको संख्या १ सय ६ ले बढी रहेको छ।

विभागका अनुसार गत आर्थिक वर्षमा ३ सय ९ वटा उद्योग दर्ता भएको थियो भने अघिल्लो आर्थिक वर्षमा २ सय ३ वटा मात्रै उद्योग दर्ता भएका थिए।

विभागका अनुसार दर्ता भएका कतिपय उद्योगमा सत प्रतिशत विदेशी लगानी प्रतिबद्धता रहेको छ भने कतिपयमा नेपाली लगानीकर्तासँगको सहकार्यर रहेको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा दर्ता भएका मध्ये २ सय ९५ रहेका छ। अघिल्लो आर्थिक वर्षमा यो यस्तो संख्या १८४ रहेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धता पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा कुल ३२ अर्ब ७ करोडको विदेशी लगानी प्रतिबद्धता रहेकोमा अहिले बढेर ५४ अर्ब १५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ।

योसँगै नेपालमा ८ हजार ७ सय ६४ उद्योगमा २६ खर्ब २७ अर्बको लगानी प्रतिवद्धता पुगेको छ। साथै विदेशी लगानी प्रतिवद्धता भने ४ खर्ब १९ अर्ब रुपैयाँ पुगेको विभागले जनाएको छ।

उद्याग दर्ता र लगानीको विवरण

industry.JPG


प्रकाशित : बुधबार, साउन ४ २०७९०६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend