शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

बुधबार र बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ४ २०७९
images
images
बुधबार र बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

images
images

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू-भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको विभागका मौसमविद् मञ्जु बासीले बताइन्।

images
images

उनका अनुसार उक्त प्रणालीको प्रभावले यी दुई दिन देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू-भागका धेरै स्थानमा र अन्य भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।

images
images

हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।

images
images
images

रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव दुई डिग्री र अधिकतम् तापक्रम ३० दशमलव एक डिग्री सेल्सियस रहेको छ। रासस


प्रकाशित : बुधबार, साउन ४ २०७९०५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend