काठमाडौं- काठमाडौंको नक्सलामा सञ्चालन हुने भनिएको पाँचतारे होटल हिल्टन सञ्चालनका लागि जगदम्बा हस्पिटालिटीले तीव्रता दिएको छ।
शंकर समूह अन्तर्गतको जगदम्बा हस्पिटालिटीले निर्माण गरिरहेको भौतिक संरचना निर्माणलाई तीव्रता दिनका लागि ऋण लिन लागेको छ।
कम्पनीले पाँच अर्ब ऋण लिनका लागि रेटिङ गराएको छ।
१७५ कोठा हुने होटल हिल्टन काठमाडौं सिटी सेन्टरका नामले सञ्चालन हुने छ। यसको व्यवस्थापन हिल्टनले गर्ने छ।
होटल व्यवस्थाप तथा सञ्चालनका लागि यसअघि नै सम्झौता भइसकेको छ। कोरोना महामारीका कारणले निर्माण कार्य पछि धकेलिएको थियो।