काठमाडौं- आर्थिक वर्ष २०७८/७९ बैंकिङ क्षेत्रका लागि दबाबमूलक रह्यो। दोस्रो त्रैमासदेखि नै ऋण दिने रकमको चरम अभाव भोग्दै आएका बैंकहरू वर्षको अन्तिमसम्म पनि सोही दबाबमा रहे।
यद्यपि वाणिज्य बैंकहरुले गएको वर्ष ४ खर्ब ६४ अर्ब ऋण प्रवाह गरेका छन्। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३७ खर्ब २० अर्बबाट ४१ खर्ब ७४ अर्ब पुगेको छ।
सुरूदेखि नै न्यून निक्षेप संकलन गरेका बैंकहरूको निक्षेप भने कर्जाभन्दा थोरैमात्र थपिएको छ। गएको वर्ष बाणिज्य बैंकहरूले ३ खर्ब ४० अर्ब निक्षेप संकलन गरेका छन्।
निक्षेपको तुलनामा कर्जा प्रवाह अधिक हुँदै जाँदा तरलता समस्या चर्किएको थियो। वर्षको अन्तिम त्रैमासमा बैंकहरूले ऋण प्रवाह नै रोकेका थिए।