काठमाडौं- नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा समयमै टायर नफेर्दा आज दिउँसो १:२५ मा हुनुपर्ने काठमाडौं-नयाँ दिल्ली उडान स्थगन रोकिएको छ।
उडान रोकिँदा आउने र जानेगरी ४५० यात्रु अलपत्र परेका छन्। नियमित फेर्नुपर्ने टायर नफेर्दा यस्तो समस्या आएको एक प्राविधिकले जानकारी दिए।
'तोकिएको समयमा उडान नभएपछि बेलुका पाँच बजेका लागि उडान समय सारिएको छ। तर यो समयमा पनि उडान हुने निश्चित छैन। यदि भएन भने पाँच बजेपछि रद्द हुनेछ' ती प्राविधिकले भने।