सोमबार, असोज ७ गते २०८१    
images
images

उत्पादन क्षमता र आम्दानी विस्तार खुम्चियो तर पनि आशावादी छन् उद्योगी 

images
मंगलबार, साउन ३ २०७९
images
images
उत्पादन क्षमता र आम्दानी विस्तार खुम्चियो तर पनि आशावादी छन् उद्योगी 

उनीहरूले वित्तीय पहुँचको अभाव, ऋणको उपलब्धतता, कर तथा अन्य छुटको अभावलाई मुख्य समस्याका रुपमा प्रस्तुत गरेका छन्। 

images
images

काठमाडौं-  आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा उद्योगहरूको क्षमतामा घटेको छ। आर्थिक वर्षको ६ महिनामा उकालो लागेको उत्पादन क्षमता तेस्रो त्रैमासमा पुग्दा ओरालो लागेको छ। नेपाल उद्योग परिसंघको प्रतिवेदन अनुसार ६६.८१ प्रतिशतमा सीमित भएको छ। दोस्रो त्रैमासमा यस्तो क्षमता उपयोग ७१ प्रतिशत थियो। 

images
images
images

परिसंघको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो संस्करण मार्फत यस्तो तथ्यांक प्रकाशित गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले सार्वजनिक गरिएको यो प्रतिवेदनमा माघदेखि चैतसम्मको तथ्यांकमा आधारित विश्लेषण प्रस्तुत गरिएको छ। 

बढ्दो ब्याजदर, कच्चा पदार्थ माथिको लगानीमा वृद्धि, चालु पुँजीको अभावले गर्दा उत्पादन क्षमतामा ह्रास आएको छ। यो सर्वेक्षणमा सहभागी अधिकांश उद्योगीले मुख्य समस्याका रुमा वित्तीय देखाएका छन्।

उनीहरूले वित्तीय पहुँचको अभाव, ऋणको उपलब्धतता, कर तथा अन्य छुटको अभावलाई मुख्य समस्याका रुपमा प्रस्तुत गरेका छन्। 

images

दोस्रो त्रैमासको तुलनामा तेस्रोमा पुग्दा औसत ब्याजदरमा वृद्धि भएको छ। यो निरन्तर बढिरहेको छ। वर्षको पहिलो त्रैमासमा औसत ८.३४ प्रतिशत ब्याजदर रहेकोमा दोस्रोमा ९.२ प्रतिशत थियो। तेस्रो त्रैमासमा भने १०.९२ प्रतिशत पुगेको छ। 

ब्याजदर बढ्दा उत्पादन लागतमा वृद्धि भएको छ। 

त्यस्तै यो बीचमा उद्योगको कच्चा पदार्थ लागतमा पनि वृद्धि भएको छ। पहिलो त्रैमासको तुलनामा दोस्रोमा केही घटेको यस्तो लागत तेस्रोमा बढेको छ। पहिलोमा ४४.७ प्रतिशत लागतमा हिस्सा थियो भने तेस्रोमा पुग्दा ४७.४७ प्रतिशत पुगेको छ। 

त्यस्तै यो बीचमा आम्दानीको वृद्धिदरमा पनि गिरावट आएको छ। दोस्रो त्रैमासमा २७ प्रतिशतले बढेको आम्दानी तेस्रोमा १२ प्रतिशतमा सीमित भएको छ। आम्दानीदेखि उत्पादनसम्म गिरावट भएपनि नेपाली उद्योगी अझै आशावादी देखिएका छन्। 

प्रतिवेदन अनुसार सर्वेक्षणमा सहभागी अधिकांश उद्योगीले नयाँ थप लगानीको योजना बनाएका छन्। आगामी छ महिनाभित्र थप लगानीको योजना बनाउका छन्। प्रतिवेदन अनुसार ८२ प्रतिशत उद्योगीले यस्तो लगानीको योजना बनाएका छन्। 

बजारमा मागको कमी नरहेको तथा भविष्यमा अझै माग बढ्ने अनुमानमा उद्योगीले थप लगानीको योजना बनाएका छन्। अहिले संकुचित भएपनि केही समयपछि मागमा उछाल आउने विश्वासमा उनीहरूले उत्पादन वृद्धिका लागि लगानी थप्ने योजना बनाएका छन्। 


प्रकाशित : मंगलबार, साउन ३ २०७९०७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend