काठमाडौं- मंगलबार सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।
सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा २ सय रुपैयाँ घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदी प्रतितोला ११ सय ६० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ