आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

मौद्रिक नीतिअघि नेप्सेमा लगातार हरियाली, सुधारको संकेत गरेको बजारले नीतिगत साथ पाउला?

सोमबार, साउन २ २०७९
मौद्रिक नीतिअघि नेप्सेमा लगातार हरियाली, सुधारको संकेत गरेको बजारले नीतिगत साथ पाउला?

काठमाडौं- यो साता पहिलो कारोबारमा आइतबार १.९३ अंकले बढेको सेयर बजारमा सोमबारको कारोबारमा पनि वृद्धि देखिएको छ।

सोमबार १८.०३ अंकले बढेर सेयर बजार २०२९.४३ बिन्दुमा पुगेको छ। जहाँ १ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ। 

गएको साताको पछिल्लो चार दिनको कारोबारमा पनि बजारमा ९३.८६ अंकको वृद्धि देखिएको थियो। लय समातिरहेको बजारमा अब नियामकीय नीतिगत साथ मिले विस्तारै उच्च बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्।

यसअघि मौद्रिक नीति सार्वजनिक भएसँगै विस्तारै उतारचढावमा रहँदै घटिरहेको सेयर बजारले नयाँ मौद्रिक नीतिको पूर्वसन्ध्यामा सकारात्मक संकेत गरिरहेको छ। यसअघि  मौद्रिक नीति सार्वजनिक भएसँगै बजार विस्तारै घट्न थालेको थियो।

सेयर बजार उच्च अंकमा जाँदा धेरै पैसा एकैपटक कमाउने र बिलासी वस्तु आयात बढ्न थाल्यो। सेयर बजारको पैसा घरजग्गा, गाडी र विदेश घुमफिरमा गएपछि असर डलर सञ्चितिमा पर्न थल्यो। सोही कारण गत वर्ष साउनमा नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्दै ४/१२ को नीति लिने निर्णय गरेको थियो। 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा गरेको हो। यही सीमाका कारण नै बजार थामिन नसक्नेगरी ओरालो लागेको संगठित लगानीकर्ताहरूको बुझाइछ। त्यसमा परिवर्तन हुनुपर्ने भन्दै लगानीकर्तासँगै सांसदहरूले समेत निरन्तर सुझाव दिँदै खबरदारीसमेत गरिरहेका छन्।

अनियन्त्रित सेयर बजारको उछाललाई यसअघि नेपाल राष्ट्र बैंकले नियन्त्रण गर्ने मुख्य हतियारको रुपमा मौद्रिक नीतिलाई उपयोग गरेको थियो। अहिले राष्ट्र बैंकले सेयर कर्जाको विषयमा परिवर्तनको संकेत भने गरेको छैन। गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको वर्तमान अवस्था हेरेर अघि बढ्नुपर्ने बताउँदै आइरहेका छन्। 


प्रकाशित : सोमबार, साउन २ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend