शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन हुँदै

images
सोमबार, साउन २ २०७९
images
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन हुँदै
images
images

काठमाडौं (साउन, १)- नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ तथा अन्य ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अध्ययन गर्न विज्ञ समूह गठन भएको छ।

images
images
images

समूह गठनका लागि प्राधिकरणको सञ्चालक समिति बैठकले विज्ञ समूह गठन गर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।

images
images

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आयोजित छलफलमा उनले सर्वोच्च अदालतको आदेशअनुसार विज्ञ समूह गठनको तयारी भएको उनले बताए।

images
images

सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अहिलेसम्म भएका सबै प्रक्रिया रद्द गर्ने फैसला गरेको थियो। तर निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने हो भने विज्ञ समूहको अध्ययनपछि मात्रै अगाडि बढाउने आदेश दिएको थियो। 

सोहीअनुसार प्राधिकरणले समूह गठन गर्ने लागेको र वातावारणमा कम भन्दा कम क्षती हुने गरी विमानस्थल निर्माण हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताए।


प्रकाशित : सोमबार, साउन २ २०७९०८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend