आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

डिजिटल अर्थतन्त्रको विस्तार तीब्र, असमानताको खाडल पनि बढ्दैछ

बुधबार, असोज १३ २०७८
डिजिटल अर्थतन्त्रको विस्तार तीब्र, असमानताको खाडल पनि बढ्दैछ

इन्टरनेटको प्रयोग बढ्दै जाँदा आर्थिक गतिविधि अनलाइनमा हुन थालेका छन्। सपिङदेखि वार्तासम्मका इन्टरनेटकै माध्यमबाट हुन थालेका हुन्। यसले गर्दा अर्थतन्त्रमा नयाँ अवसर ल्याएको छ। यद्यपीले संसारमा असमानताको खाडल बढाउँदै जाने जोखिम देखिएको अनट्याडको प्रतिवेदनमा चेतावनी दिइएको  छ। 

काठमाडौं- सयुक्त राष्ट्र संघीय एजेन्सीको एक अध्ययन प्रतिवेदनले पछिल्लो समय डिजिटल अर्थतन्त्रको तीब्र विस्तार भइरहेको निष्कर्ष निकालेको छ। 

युएन कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट(अनट्याड)ले प्रकाशित गरेको प्रतिवेदनअनुसार गएको वर्ष इन्टरनेटको प्रयोग वृद्धि भएको छ। विश्वव्यापी इन्टरनेट ट्राफिक २०१७ देखि २०२२ सम्म तीगुणा वृद्धि हुने प्रक्षेपण गरिएको छ। 

कोरोना महामारीको समयमा इन्टरनेट ट्राफिकमा अत्याधिक वृद्धि भएको छ। महामरीको समयमा संसारका अधिकांस देशमा जारी लकडाउनका कारण धेरैजसो गतिविधि अनलाइन माध्यममा गएकाले  वृद्धि तीब्र भएको प्रतिवेदनको निष्कर्ष छ। सन् २०१९ को तुलनामा इन्टरनेट ट्राफिक २०२० मा ३५ प्रतिशतले बृद्धि भएको थियो। २०१९ मा २६ प्रतिशतको वृद्धि थियो। 

इन्टरनेटको प्रयोग बढ्दै जाँदा आर्थिक गतिविधि अनलाइनमा हुन थालेका छन्। सपिङदेखि वार्तासम्मका इन्टरनेटकै माध्यमबाट हुन थालेका हुन्। यसले गर्दा अर्थतन्त्रमा नयाँ अवसर ल्याएको छ। यद्यपीले संसारमा असमानताको खाडल बढाउँदै जाने जोखिम देखिएको अनट्याडको प्रतिवेदनमा चेतावनी दिइएको  छ। 

अतिकम विकसित मुलुक २० प्रतिशत जनतामात्र इन्टरनेटमा पहुँचमा छन्। जतिले पाएका छन् त्यो पनि गुणस्तरीय सेवा छैन। तुनात्मक रुपमा मूल्य पनि महँगो छ। तर विकसित मुलुकका नागरिकले भने तीन गुणा इन्टरनेट गति पाइरहेका छन्। 'यही अवस्थाले गर्दा संसारमा यो नयाँ असमानता सिर्जना गर्ने कारक बन्नसक्छ' प्रतिवेदनमा उल्लेख छ। 

नागरिकबीचमा मात्र होइन कर्पोरेट संसारमा पनि यसले नयाँ आयाम ल्याउने देखिएको छ। केही सिमित कम्पनीहरूले डेटाको व्यापारमा एकछत्र राज गरिरहेका छन्। एप्पल, माइक्रोसफ्ट,अमेजन,अल्फावेट,फेसबुक,टेनसेन्टअलीबाबाजस्ता कम्पनीहरुले यो व्यापारमा राज गरेका छन्। यी कम्पनीहरूले अर्बौं डलर लगानी पनि गरेका छन्। 

डेटा संकलन,स्थानान्तरण,भण्डारण,प्रसोधन र विश्लेषणका लागि यस्ता कम्पनीले एआइमा अर्बौ डलर लगानी गरेका छन्। अमेजनलेमात्र यो व्यापारमा १० अर्ब अमेरिकी डलर लगानी गरेको छ। अरु कम्पनीहरूले पनि पछिल्लो समय एआइ स्टार्टप खरिद गरिरहेका छन्। 

डिजिटल अर्थतन्त्रको तीब्र विस्तारका कारणले संसारको शासनप्रणाली पनि रूपान्तरण गर्न आवश्यक रहेको प्रतिवेदनले सुझाएको छ। संसारमा डेटा फ्लो  व्यवस्थापनका बारेमा सरकारहरूले सोच्न आवश्यक रहेको प्रतिवेदनमा सुझाइएको छ। 


प्रकाशित : बुधबार, असोज १३ २०७८०८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend