शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २ २०७९
images
images
राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ

आर्थिक वर्ष २०७७/७८ मा वन पैदावार चोरीमा ३७ र वन्यजन्तुका मुद्दा आठ दर्ता भएका थिए।

images
images

चितवन- राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन्। गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो।

images
images

डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार रहेका छन्। पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरु गरिएको छ। यस्तै वन्यजन्तु चोरी सिकारी मुद्दामा दुई जना पक्राउ परेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । 

images
images

खनालका अनुसार पक्राउ परेका व्यक्तिबाट सालको गोलिया ५११ दशमलव ४१ क्यूफिट, चिरान काठ ६७२ दशमलव चार क्यूफिट रहेको छ। यस्तै चाप चिरान काठ ४० दशमलव १७ क्यूफिट, उत्तिस ३५ दशमलव ५६ क्यूफिट, चिलाउने नौ क्यूफिट काठ बरामद् गरिएको उनले जानकारी दिए।

images
images
images

आर्थिक वर्ष २०७७/७८ मा वन पैदावार चोरीमा ३७ र वन्यजन्तुका मुद्दा आठ दर्ता भएका थिए।  डिभिजन वन कार्यालयले ५७ हजार ६५० हेक्टर क्षेत्रफलको वन हेर्दै आएको छ। यसमा  बरडाभार क्षेत्रमा १० हजार ३०२ हेक्टर क्षेत्रफल पर्दछ। खनालका अनुसार बरण्डाभार क्षेत्रमा बढीमात्रामा चोरी हुने गरेको छ। 

यस्तै राप्ती र खैरहनी नगरपालिका क्षेत्रबाट समेत बन पैदावार चोरीतस्करी हुने गरेको कार्यालयले जनाएको छ। कार्यालयले गत आर्थिक वर्षमा तीन करोड ६९ लाख छ हजार राजश्व सङ्कलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा दुई लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरेको छ। खनालका अनुसार बिरुवा असार १४ गतेदेखि वितरणको प्रक्रिया सुरु गरिएको हो। शीतल चिनी, तेजपात, हर्रो, बर्रो, बेल, धुपी, अमला कपुर जस्ता ३९ प्रजातिका बिरुवा वितरण गरिएको उनले जानकारी दिए। अहिलेसम्म ६५ प्रतिशत वितरणको काम सम्पन्न भइसकेको छ। अन्य बिरुवा वितरणको काम जारी रहेको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, साउन २ २०७९०८:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend