काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको हो।
आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा बारोकार भएकोमा सोमबार ४ सय रुपैयाँ बढेर ९४ हजार रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ६५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।