काठमाडौं- सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा प्रदीप शर्मा पौडेल नियुक्त भएका छन्।
शुक्रबारको मन्त्रिपरिषदको वैठकले पर्वतका पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि उक्त केन्द्रको कार्यकारी निर्देशक रहेका सुनिल पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएपछि खाली थियो।