काठमाडौं- नेपाल आयल निमगलाई सरकारले ७ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ।
पछिल्लो समय खरिदभन्दा बिक्री मूल्य न्यून भएकाले निरन्तर निगम घाटामा गएकाले निगमलाई ७ अर्ब ऋण दिने निर्णय गरेको छ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको कारण नेपाल आयाल निगमले इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई भुक्तानि दिन रकम अपुग भएकोले नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल आयल निगमलाई ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ।
त्यस्तै निगमलाई ५९ करोड अनुदान दिने निर्णय सकारले गरेको छ।
पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको ५९ करोड, ८६ लाख, ८० हजार रुपैयाँ अनुदान दिने निर्णय सरकारले गरेको छ।