शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

घटेर आयो इन्धनको मूल्य, घटाउला निगमले?

images
आइतबार, साउन १ २०७९
images
images
घटेर आयो इन्धनको मूल्य, घटाउला निगमले?

निगमलाई शनिबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ।

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। 

images
images

निगमलाई शनिबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ। भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई तत्काल मिल्छ मिल्दै निगमले लिने निर्णयमा भर पर्नेछ। 

images
images

निगमले यसअघिको घाटा पुर्ती गर्न आईओसीले घटाएर पठाए पनि नेपालमा तत्काल तेलको मूल्य नघट्ने संकेत गरेको छ। नोक्सानी बढेका कारण आयल निगमले हाल आईओसीलाई निगमले ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी रहेको छ। 

images
images
images

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलरभन्दा कममा झरेको छ। एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा बढी थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाललाई केही राहत मिलेको छ। 


प्रकाशित : आइतबार, साउन १ २०७९०८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend