आइतबार, असोज ७ गते २०८०    

पाल्पामा ८७ प्रतिशत रोपाइँ

images
पाल्पामा ८७ प्रतिशत रोपाइँ

जिल्लामा असारको पहिलो हप्तादेखि नै रोपाइँको चहलपहल सुरु भएको हो। मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्न बाँकी छ।

images

रामपुर- पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताए। उनका अनुसार तानसेन नगरपालिकामा ७५ प्रतिशत, रामपुर नगरपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको छ।
       
यस्तै गाउँपालिकातर्फ तिनाउँमा सतप्रतिशत, बगनासकालीमा ८०, रिब्दिकोटमा ८५, रैनादेवीछहरामा ९०, पूर्वखोलामा ९६, निस्दीमा ८५, माथागढीमा ९५ र रम्भामा ८० प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा असार पहिलो हप्तादेखि नै धान रोपाइँ भएको छ।

images

जिल्लामा असारको पहिलो हप्तादेखि नै रोपाइँको चहलपहल सुरु भएको हो। मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्न बाँकी छ।
       
जिल्लामा करिब आठ हजार ६२० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ। मनसुन चाँडै नै भित्रिएकाले यस वर्ष छिटो रोपाइँ सुरु भएको हो। जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ, पूर्वखोला, दोभानलगायत स्थल धान उत्पादको मुख्य पकेट क्षेत्र हुन्।

images

पछिल्लो समय गाउँगाउँमा कृषि यान्त्रिकरणको विकासले पनि रोपाइँ छिटोछरितो हुने गरेको छ। साबित्री, हाइब्रिड, रामधान, सावा मन्सुलीलगायत धानका जात जिल्लामा बढी चलनचल्तीमा छन्। रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ। उत्पादन बढी लिने उद्देश्यले कृषक उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन्। रासस

images

images

प्रकाशित : आइतबार, साउन १ २०७९०१:५६

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ