सोमबार, असोज ७ गते २०८१    
images
images

तोकिएको लक्ष्य भेटाएन आन्तरिक राजस्व विभागले, शिक्षा र स्वास्थ्यबाट मात्रै उठ्यो लक्ष्यभन्दा धेरै 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १ २०७९
images
images
तोकिएको लक्ष्य भेटाएन आन्तरिक राजस्व विभागले, शिक्षा र स्वास्थ्यबाट मात्रै उठ्यो लक्ष्यभन्दा धेरै 

विभागले आयकर लक्ष्यको ९१ प्रतिशत उठाएको छ। आन्तरिक भ्याट ८४ प्रतिशत र अन्तःशुल्क ९६ प्रतिशत उठाएको छ।

images
images

काठमाडौं- आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८/७९ मा उठाउने भनेर पाएको लक्ष्य पूरा गर्न सकेको छैन। 

images
images
images

विभागका लागि निर्धारण गरिएको लक्ष्यको ९० प्रतिशत मात्र उठाउन सफल भएको छ। विभिन्न करका शीर्षक मध्ये शिक्षा र स्वास्थ्य बाहेक अरुको लक्ष्य पूरा हुन सकेन। 

विभागलाई गएको वर्षका लागि ५ खर्ब ३७ अर्ब ९४ करोड ७७ लाख ९० हजार कर सङ्कलनको लक्ष्य निर्धारण गरिएको थियो। तर  विभागले जम्मा ४ खर्ब ८३ अर्ब ४५ करोड ३८ लाख ६६ हजार मात्र संकलन गर्न सफल भएको छ। 

विभागले आयकर लक्ष्यको ९१ प्रतिशत उठाएको छ। आन्तरिक भ्याट ८४ प्रतिशत र अन्तःशुल्क ९६ प्रतिशत उठाएको छ।

images


प्रकाशित : आइतबार, साउन १ २०७९०६:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend