सोमबार, असोज ७ गते २०८१    
images
images

यात्रुले ल्याएको ३ अर्ब ८० करोड मूल्यको ४८० किलो सुन नियन्त्रणमा

images
आइतबार, साउन १ २०७९
images
images
यात्रुले ल्याएको ३ अर्ब ८० करोड मूल्यको  ४८० किलो सुन नियन्त्रणमा

गत आर्थिक वर्ष २०७८/०७९ मा त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले आफ्नो साथमा ल्याएको करिब ४ सय ८० किलो सुन तथा सुनका गहनालाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले राजस्वको दायरामा ल्याएको छ।

images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ मा त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले आफ्नो साथमा ल्याएको करिब ४ सय ८० किलो सुन तथा सुनका गहनालाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले नियन्त्रण लिएर राजस्वको दायरामा ल्याएको छ।

images
images
images

प्रचलित बजारदर अनुसार करिब ३ अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको उक्त सुन विदेश गइ नेपाल फर्केका नेपाली यात्रुहरूबाट नियन्त्रणमा लिएको हो।

राजस्व तिराउने प्रयोजनका लागि भन्सार कार्यालयले नियन्त्रणमा लिएको र नियमानुसार राजस्व दाखिला गरेपछि सम्बन्धित यात्रुलाई नै दिइएको जनाएको छ।

जसबाट ४५ करोड ५८ लाख रुपैयाँ अतिरिक्त राजस्व संकलन गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। व्यक्तिले धन सञ्चय गर्ने एउटा महत्वपूर्ण माध्यम सुन भएको हुँदा यसको अवैध ओसारपसार तथा अवैध खरिदबिक्री र भण्डारणले अनौपचारिक अर्थतन्त्रलाई नै मलजल गरिरहेको छर कार्यालयले विशेष निगरानीमा अवैध रुपमा सुन ल्याउनेहरुलाई नियन्त्रणमा लिएको छ।

images

भन्सार कार्यालयले राजस्वको दायरामा ल्याएको सुन तथा सुनका गहनालाई भन्सार राजस्व तिरेसँगै अब खुला बजारमा नियमित रूपमा खरिद-बिक्री गर्न सकिने भएको उनको भनाइ छ।

कानूनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन्। त्यसैगरी सुनको गहनाको हकमा अधिकतम २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानूनी व्यवस्था छ। 

जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सोभन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ।

१०० ग्रामभन्दा बढी काँचो सुन र २५० ग्रामभन्दा बढी सूनका गहना ल्याएको हकमा त्यस्तो सुन तथा सूनका गहना जफत गरी भन्सार कानून बमोजिम कारवाही गर्ने व्यवस्था रहेको छ।

नेपालमा व्यक्तिगत प्रयोजनका लागि तोकिएको सीमासम्मको सून यात्रुले आफ्नो साथमा ल्याउन पाउँने व्यवस्था भए तापनि व्यवसायिक प्रयोजनका लागि भने वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउने कानूनी व्यवस्था रहिआएको छ।

तर यात्रुको सुविधाको लागि ५० ग्रामसम्मको सुनका गहनामा दिइएको भन्सार राजस्व छुटसम्बन्धी व्यवस्थाको गलत प्रयोग गरी विदेशबाट नेपाल फर्कने यात्रुलाई भरिया बनाएर सुनको अवैध कारोबार गर्ने समूहले सुन ओसार/पसार गर्ने गरेको सूचना आएपश्चात गत वर्षको मंसिर १३ गते देखि कार्यालयले विशेष अपरेशन नै शुरू गरेको थियो।

यसक्रममा पहिलो दिनमा नै कार्यालयले ४१५ जना यात्रुबाट झण्डै २१ किलो सुन नियन्त्रणमा लिन सफल भएको थियो। हालका पछिल्ला दिनहरूमा सुन लिएर आउने यात्रु तथा उनीहरूले ल्याउने सुनको परिमाण निकै घट्दै गएको छ।

कार्यालयको अभिलेख नुसार गत असार महिनामा दैनिक औषत ३० जना यात्रुबाट जम्मा १ किलो ५ सय ग्रामको हाराहारीमा सुन तथा सुनका गहना भन्सार कार्यालयले नियन्त्रणमा लिई राजस्व दाखिला गराएर मात्र सम्बन्धित यात्रुलाई फिर्ता गरेको कार्यालयले जनाएको छ।


प्रकाशित : आइतबार, साउन १ २०७९०६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend