शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

लक्ष्यभन्दा १ खर्ब १२ अर्ब न्यून राजस्व संकलन

images
आइतबार, साउन १ २०७९
images
images
लक्ष्यभन्दा १ खर्ब १२ अर्ब न्यून राजस्व संकलन

कर राजस्वको तुलनामा गैरकरको लक्ष्य तथा संकलनबीचको खाडल धेरै देखिएको छ। गैरकरमा लक्ष्यको ७४ प्रतिशत मात्र राजस्व संकलन भएको छ। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यअनुसार राजस्व उठाउन सरकार असफल भएको छ। 

images
images

२०७८ को साउनदेखि २०७९ को असार मसान्तसम्म उठाउने भनिएको राजस्वको जम्मा ९० प्रतिशत मात्र संकलन भएको छ। 

images
images

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले  लक्ष्यभन्दा १ खर्ब १२ अर्ब न्यून राजस्व  संकलन गरेको हो। २०७८/७९ मा ११ खर्ब ८० अर्ब ६० करोड  राजस्व संकलन गर्ने लक्ष्य सरकारले लिएको थियो। तर आर्थक वर्षको अन्त्यसम्म सरकारले जम्मा १० खर्ब ६७ अर्ब रुपैयाँमात्र राजस्व संकलन गरेको छ। 

images
images
images

कर राजस्वको तुलनामा गैरकरको लक्ष्य तथा संकलनबीचको खाडल धेरै देखिएको छ। गैरकरमा लक्ष्यको ७४ प्रतिशत मात्र राजस्व संकलन भएको छ। 

लक्ष्यअनुसार खर्च गर्न असफल भएको सरकारले राजस्वका मुख्य स्रोतबाट अपेक्षा अनुसार र‍ उठाउन सफल भएन। 

यो वर्ष सरकाले गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजस्व उठाएको छ। गत वर्ष सरकारले ९ खर्ब  ३८ अर्ब राजस्व उठाएको थियो। 


प्रकाशित : आइतबार, साउन १ २०७९०६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend