काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको हो। शुक्रबार नेपाली बाजरमा छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार तोलामा २ सय रुपैयाँ घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने बढेको छ। शुक्रबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँ बढेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।