शुक्रबार, मंसिर २२ गते २०८०    

खेतमा सिक्टा सिँचाइ आयोजनाको पानी पुगेपछि किसान हर्षित

images
बिजनेस न्युज
images
खेतमा सिक्टा सिँचाइ आयोजनाको पानी पुगेपछि किसान हर्षित

पूर्वी मूल नहरको २४.६ किलोमिटर दूरीसम्म राप्तीको पानी पुगेको छ। यसअघि पश्चिम मूल नहर र राजकुलोबाट पानी छाडिएको थियो।

काठमाडौं-सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन्। आयोजनाले पूर्वी नहरमार्फत राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरस्थित पुरानो नहरमा पानी छाडेपछि रमाएका हुन्।

images
images
images

वर्षात् नभएका कारण सहजरूपमा धान रोप्न नसकेको बेला खेतबारीमा सिक्टाको पानी पुगेपछि किसानलाई ठूलो राहत पुगेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए।

images

उनका अनुसार पक्की नभएका कारण उक्त नहर पटक–पटक बन्द हुँदै आएको थियो। किसानको मागअनुसार सिक्टा सिँचाइ आयोजनामा पहल गरेपछि आयोजना कार्यालयले पुरानो नहरमा पानी छाडिदिएको हो। उक्त नहरको पानीले वडा नं ६ र ७ किसानले खेती गर्न सक्नेछन्।

images

आयोजनाले अगैयास्थित मुख्य बाँधबाट राप्तीसोनारीको बैजापुर, बिनौना, फत्तेपुर हँुदै नरैनापुर गाउँपालिकासम्म राप्ती नदीको पानी पु¥याउने लक्ष्यका साथ नहर निर्माणकार्य गरिरहेको छ । यसअघि फत्तेपुरका स्थानीयवासीले पटक–पटक पुरानो नहरको इन्टेकमा कच्ची बाँध बनाएर राप्ती नदीको पानी सञ्चालन गर्न खोजे पनि नियमितरूपमा पानी सञ्चालन हुनसकेको थिएन।

images

सिक्टा सिँचाइ आयोजनाले पहिलोपल्ट पूर्वी नहरमा सात क्युमेक्स पानी छाडेको छ। नहरमा पानी बगेपछि राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रका किसानले चार क्युमेक्स पानी पाएको आयोजनाका निर्देशक सन्तोष कैनीले जानकारी दिए। 

उनका अनुसार पूर्वी मूल नहरको २४.६ किलोमिटर दूरीसम्म राप्तीको पानी पुगेको छ। यसअघि पश्चिम मूल नहर र राजकुलोबाट पानी छाडिएको थियो। वर्षा नभएका कारण रोपेको धान सुक्न थालेको र कतिपय किसानले रोपाइँ गर्न नपाएका कारण नहरमा पानी छाडिएको हो।

रासस


प्रकाशित : आइतबार, साउन १ २०७९०५:०२
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ