काठमाडौं- सरकारले बैशाख १३ गतेदेखि लगाएको आयातको प्रतिबन्धलाई भदौ १४ गतेसम्म पुर्याउने निर्णय गरेको छ।
सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौं १४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।
जुन सूचना राजपत्रमा प्रकाशित भइसकेको छ।
प्रतिबन्धित १० वस्तु
१- कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरु
२- सबै प्रकारका तयारी मदिरा
३- चुरोट तथा सूर्तिजन्य बस्तु
४- हिरा (औधोगिक कच्चा पदार्थ बाहेक)
५- ३ सय डलर माथिका स्मार्ट फोनहरु
६- ३२ इन्चमाथिका रङगिन टेलिभिजन
७- जिप/कार/भ्यानहरु
८- १५० सीसी माथिका मोटरसाइकल
९- सबै प्रकारका खेलौनाहरु
१०- खेल्ने तास