शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उठायो २३ अर्ब ७५ करोड राजस्व

लक्ष्यको तुलनामा १०२‍.६ प्रतिशत

images
शनिबार, असार ३२ २०७९
images
images
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उठायो २३ अर्ब ७५ करोड राजस्व

यसको पछाडि विशेषगरी भन्सार जाँचपासको क्रममा हुने वस्तु वर्गिकरण तथा मूल्यांकनको कार्यमा गरिएको सुधार, अवैधरूपमा हुनसक्ने चोरी निकासी पैठारी नियन्त्रणमा गरिएको कडाई  भएको कार्यालयको भनाइ छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को लागि तोकिएको राजस्व लक्ष्यभन्दा बढी संकलन गरेको छ।

images
images

भन्सार विभागले कार्यालयका लागि चालु आवमा २३ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकेको थियो। कार्यालयको अभिलेखअनुसार आर्थिक वर्षको अन्तिम दिनसम्म आइपुग्दा कुल राजस्व असुली २३ अर्ब ७५ करोड पुगेको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए। जुन लक्ष्यको तुलनामा १०२.६ प्रतिशत हो। कार्यालयले गएको चार वर्षयता पहिलो पटक आफ्नो लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको उनको भनाइ छ।

images
images

यसभन्दा अघि आव २०७४/७५ मा लक्ष्यको तुलनामा १००.१ प्रतिशत राजस्व संकलन भएको थियो भने बीचका ३ आर्थिक वर्षमा लक्ष्य अनुरूप राजस्व संकलन हुन सकेको थिएन। साथै गत आव २०७७/७८ को तुलनामा यस आवको राजस्व असुली ३६.१२ प्रतिशतले वृद्धि भएको छ जुन समग्र राष्ट्रिय राजस्व वृद्धिको तुलनामा समेत बढी हो।

images
images
images

यसको पछाडि विशेषगरी भन्सार जाँचपासको क्रममा हुने वस्तु वर्गीकरण तथा मूल्यांकनको कार्यमा गरिएको सुधार, अवैधरूपमा हुनसक्ने चोरी निकासी पैठारी नियन्त्रणमा गरिएको कडाइ नै प्रमुख कारण रहेको उनको भनाइ छ।

भन्सार चोरी पैठारी सम्बन्धमा विगत लामो समयदेखि पेश भइ फैसला हुन बाँकी रहेका मुद्दाको फर्छ्यौट, बक्यौता बेरूजु असुली तथा कानून बमोजिम जफत भएका र पुराना मालवस्तुको लिलामी लगायतका कारणले राजस्व असुली लक्ष्यभन्दा बढी भएको कार्यालयको दाबी छ।

साथै यात्रुले झिटी गुण्टा आदेश बमोजिम राजस्व छुट पाउनेभन्दा बढी परिमाणमा ल्याउने गरेको सुन तथा सुनका गहना र मोबाइललगायतका अन्य मालवस्तुलाई भन्सार राजस्वको दायरामा ल्याउनका लागि गरिएको विशेष प्रयासबाट समेत समग्र राजस्व संकलनमा महत्वपूर्ण योगदान पुगेको कार्यालयको भनाइ छ।


प्रकाशित : शनिबार, असार ३२ २०७९१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend