शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

परिमार्जनसहित आयात प्रतिबन्धमा निरन्तरता

images
शनिबार, असार ३२ २०७९
images
images
परिमार्जनसहित आयात प्रतिबन्धमा निरन्तरता

शुक्रबार बसेको मन्त्रिपरिषदले यसअघि पूर्ण प्रतिबन्ध लागेका १० वटा एचएस कोडमा पर्ने बस्तुलाई फेरि पनि आयात रोक्ने निर्णय गरेकाे हाे।

images
images

काठमाडौं- सरकारले बैशाख १३ गतेदेखि लगाएको आयातको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिने निर्णय गरेको हो।

images
images

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १० वटा एचएस कोडमा पर्ने वस्तुको आयातमा लगाएको पूर्ण प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो।

images
images

उक्त प्रतिबन्धलाई निरन्तरता दिँदै केही वस्तुमा समेत परिमार्जन भएको एक मन्त्रीले बिजनेस न्यूजसँग बताए। परिमार्जनसहितको विस्तृत सूचना आजै राजपत्रमा प्रकाशित हुने स्रोतले जानकारी दियो। 

images
images
images

देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले १३ बैशाखदेखि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सो निर्णयलाई निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले बताए।

सरकारले व्यक्तिगत प्रायोजनमा आउने सवारीसाधन, २५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल तथा टीभीलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो। परिमार्जन सहित प्रतिबन्धलाई निरन्तरता गरिएको एक मन्त्रीले बताए।

कुटनीतिक नियोगका लागि यो प्रतिबन्ध लागू नहुने निर्णयमा उल्लेख थियो भने बैशाख १३ अघि एलसी खोलिएका वस्तुको आयातमा रोक लाग्ने छैन। 

आलु चिप्सजन्य आइटमको आयातमा रोक लागेको थियो। कुरकुरे, कुरमुरे, लेजन र यस्तै अन्य उत्पादनको आयातमा रोक लागेको थियो। यसलाई निरन्तरता दिइएको हो। त्यस्तै मदिरा आयातमा पनि प्रतिबन्ध लागेको छ। कच्चा पदार्थ बाहेकका मदिराजन्य पदार्थको आयातमा रोक लागेको छ। 

चुरोट, सुर्ती, हिराको आयातमा प्रतिबन्ध लागेको थियो। ६ सय अमेरिकी डलभन्दा बढी मुल्यका मोबाइल सेटको आयातमा रोक लागेको छ। ३२ इन्चभन्दा माथिका रंगिन टेलिभिजन आयात गर्न नपाइने निर्णय भएको थियो। 

सवारीसाधनको आयातको हकमा भने व्यक्तिगत प्रयोगमा आउने पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनको आयातमा रोक लागेको थियो। यसमा बिजुलीबाट चल्ने सवारीसाधन आयातमा रोक लगाइएको थिएन। त्यस्तै २५० सीसीभन्दा न्यून क्षमताका मोटरसाइकल आयात निरन्तर भइरहेको छ।  

सबै प्रकारका खेलौन र तासको आयातमा समेत राेक लगाइएको थियो। सरकारको पछिल्लो निर्णयअनुसार यी वस्तुको आयातमा लगाइएको रोक निरन्तर हुनेछ।  


प्रकाशित : शनिबार, असार ३२ २०७९१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend