बिहीबार , जेठ १८ गते २०८०

पानी अभावले बगमती प्रदेशमा ४३ प्रतिशतमात्र रोपाइँ

images
images
पानी अभावले बगमती प्रदेशमा ४३ प्रतिशतमात्र रोपाइँ

सिन्धुली जिल्लामा ४५, काभ्रेमा ६१, सिन्धुपाल्चोकमा ४०, नुवाकोटमा ४५, रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत जमिनमा रोपाइँ भएको उक्त मन्त्रालयले जनाएको छ।

images
images
images

बागमती- पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको  अभावका कारण यस वर्षको असार महिनाको अन्तिमसम्म बागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ भएको छ। प्रदेशअन्तर्गतको १३ जिल्लामा ५१ हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएको  प्रादेशिक कृषि तथा  पशुपन्छी विकास मन्त्रालयले  जनाएको छ।

images
images
images

प्रदेशका  अधिकांश पहाडी जिल्लाका  क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ। रोपाइँ भएका धानका लागि रासायनिक मल समेत अभाव भएको किसानको गुनासो छ। एकातिर पानी नपर्नु र अर्कातिर मलकाको अभावले किसान समस्यामा परेका हुन्।

मन्त्रालयका प्रवक्ता भलकनाथ कँडेलका अनुसार प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँ र  सबैभन्दा कम धादिङ जिल्लामा धान रोपाइँ भएको छ। प्राप्त विवरणअनुसार काठमाडौँमा ८०, धादिङमा ११, रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५ र भक्तपुरमा  ७० प्रतिशत तथा  चितवनमा ४० प्रतिशत धान रोपाइँ भएको छ।

images

त्यस्तै सिन्धुली जिल्लामा ४५, काभ्रेमा ६१, सिन्धुपाल्चोकमा ४०, नुवाकोटमा ४५, रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत जमिनमा रोपाइँ भएको उक्त मन्त्रालयले जनाएको छ। यस प्रदेशमा  खेतीयोग्य जमिन एक लाख २० हजार ५०० हेक्टर रहेकामा ९० प्रतिशत जमिनमा धान खेती हुने गरेको छ।

प्रदेशमा विगत केही वर्षदेखि धान उत्पादन अर्थात धान खेती घट्दै गएको मन्त्रालयको विवरणमा उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ मा  पाँच लाख नौ हजार ५९० मेट्रिक टन धान उत्पादन भएकामा २०७६/७७ मा पाँच लाख १० हजार २०० मेट्रिक टन  तथा  २०७५/७६ मा पाँच लाख २१ हजार ४४६ मेट्रिकटन  धान उत्पादन भएको थियो। रासस

images

प्रकाशित : शनिबार, असार ३२ २०७९०५:४३

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ