काठमाडौं- तरलता अभाव बढेपछि नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ प्रणालीमा दिने भएको छ। राष्ट्र बैंकले सात दिनको रिपोमार्फत ३० अर्ब रुपैयाँ दिन लागेको हो। तरलता अभाव चर्किएपछि बैंकहरुबीच अन्तर बैंक सापटी नै पाउन छाडेको छ।
राष्ट्र बैंकले गत साता पनि ३० अर्ब रुपैयाँ रिपो दिएको थियो। यसका लागि दोब्बर माग आएको थियो। यसको ब्याज स्थायी तरलता सुविधा (एसएलएफ) हाराहारी कायम भएको थियो।
बैंकहरुले अहिले दैनिक एसएलएफ चलाइरहेका छन्। सात दिनका लागि पाइने एसएलएफको ब्याज ५ प्रतिशतको हुन्छ।