आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

बलियो डलरको दबाबमा एसियन केन्द्रीय बैंकहरू 

शनिबार, असार ३२ २०७९
बलियो डलरको दबाबमा एसियन केन्द्रीय बैंकहरू 

एसियन क्षेत्रका केन्द्रीय बैंकहरू दुई समस्याको साँघुरो बाटोमा हिड्न बाध्य छन्। उनीहरु मूल्यवृद्धि र पुँजी पलायणको सामूहिक समस्याबाट जुज्रिएका छन्। 

काठमाडौं- पछिल्ला दिनहरूमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर हुँदै आएको छ। प्रत्येक दिनजसो डलरले आफ्नो उचाइ कायम गर्दै आएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी विनिमय दर अनुसार शुक्रबार नेपाली बजारमा एक अमेरिकी डलरको बिक्री दर १२८.११ रुपैयाँ पुगेको थियो। यो हालसम्मकै उच्च दर हो। 

विदेशी विनिमयका लागि नेपाली रुपैयाँ भारुसँग पेग छ। पछिल्ला दिनमा भारुको अवमूल्यन तीव्र छ। यही कारणले गर्दा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ। भारतीय मुद्रा अमेरिकी डलरसँगको तुलनामा निरन्तर कमजोर हुँदै आएको छ। यो समस्या भारूको मात्र होइन संसारका धेरै मुद्राको तुलनामा डलर बलियो भइरहेको छ। 

पछिल्लो २ दशकमा डलरले युरोपियन मुद्रासँग बराबरी विनियदर कायम गर्न सफल भएको थियो। 

बलियो डलरको दबाब विशेषगरी एसिया क्षेत्रका केन्द्रीय बैंकका लागि टाउको दु:खाइको विषय बनेको छ। एसियन क्षेत्रका कयौं केन्द्रीय बैंकले अहिले डलरबिरुद्धको यस्तो लडाइ लड्दैछन् जो जितोन्मुख छैन। 

दक्षिणपूर्वी एसियाको दोस्रो ठूलो अर्थतन्त्र थाइल्यान्डको केन्द्रीय बैंकले सचेतनामुलक नीति अंगिकार गर्ने नीति ल्याएको छ। यही वर्ष त्यहाँको राष्ट्रिय मुद्रा ८ प्रतिशतले अबमूल्यण भएको छ। पर्यटन पनरुत्थान भएपछि डलरसँगको अबमूल्यणबाट राहत मिल्ने उसको विश्वास छ। 

थाइल्यान्डसँगै भारत, मलेसिया तथा इन्डोनेसियाका केन्द्रीय बैंकमाथि पनि ठूलो दबाब सिर्जना भएको छ। वालस्ट्रिट डलर इन्डेक्स अनुसार यो क्षेत्रका १६ मुद्राको तुलनामा डलर १० प्रतिशत अधिमूल्ण भएको छ। 

भारतीय अर्थतन्त्र यसको ठूलो दबाबमा परेको छ। ठूलो मात्रामा ऊर्जा आयात गर्ने भारतका लागि पुँजी पलायन अर्को टाउको दु:खाइ बनेर थपिएको छ। पछिल्लो अवस्थासँग जुध्नका लागि भारतीय केन्द्रीय बैंकले केही नीति अघि सारेको छ। विदेसी लगानीकर्ताका लागि ब्याजदर बढाउनका लागि वाणिज्य बैंकलाई अनुमति दिने, गैरआवासीय नागरिकका लागि ब्याजदर बढाउने जस्ता कदम अघि बढाएको छ। यद्यपि जुलाइ १ सम्म भारतसँग ५८८ अर्ब अमेरिकी डलर विदेशी विनिमय सञ्चिति कायमै छ। सन् २०२२ भित्रै भारतीय मुद्रा ६ प्रतिशतले अवमूल्यण भएको छ। 

भारतसँगै मलेसिया, इन्डोनेसिया, थाइल्यान्डका मुद्रा पनि अवमूल्यण भएका छन्। इन्डोनेसियन मुद्रा रुपैयस ४.४ प्रतिशत, थाइ भाट ८ प्रतिशत र मलेसियन रिंगिट ५.५ प्रतिशतले अवमूल्यण भइसकेको छ। यसले गर्दा यी देशको विदेशी विनिमय सञ्चिति पनि घटेको छ। यसमा थाइल्याण्ड सबैभन्दा धेरै प्रभावित भएको छ। 

एसियन क्षेत्रका केन्द्रीय बैंकहरू दुई समस्याको साँघुरो बाटोमा हिड्न बाध्य छन्। उनीहरु मूल्यवृद्धि र पुँजी पलायणको सामूहिक समस्याबाट जुज्रिएका छन्। 


प्रकाशित : शनिबार, असार ३२ २०७९०२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend