आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

दोस्रो बजारका आकर्षक गरिमा, मुक्तिनाथ र महालक्ष्मी; अब्बल सूचक, सस्तो मूल्य (प्राविधिक विश्लेषणसहित)

शुक्रबार, असार ३१ २०७९
दोस्रो बजारका आकर्षक गरिमा, मुक्तिनाथ र महालक्ष्मी; अब्बल सूचक, सस्तो मूल्य (प्राविधिक विश्लेषणसहित)

काठमाडौं- घट्दो बजारमा पछिल्लो समय आकर्षक लाभांश दिन सक्ने क्षमताका विकास बैंकका सेयर मूल्य ५० प्रतिशतभन्दा बढीले घटिसकेको छ। जसले गर्दा सस्तो मूल्यमा खरिद गर्ने अहिले उपयुक्त समय हुनसक्छ। 

आकर्षक लाभांश दिने भएकाले सस्तोमा किन्नेहरूले लाभांशबाटै पनि मनग्य फाइदा उठाउन सक्छन्। तीन विकास बैंकहरू गरिमा, मुक्तिनाथ र महालक्ष्मी विकास बैंकका सूचकहरूको बारेमा बिश्लेषण गरिएको छ। 

खासगरी लगानीकर्ताले कम्पनीले दिने लाभांश, सेयर मूल्य, प्रतिसेयर आम्दानी, पीई रेसियो, बुक भ्यालुलगायत विषयको अध्ययन गरेर मात्रै दोस्रो बजारमा सेयर खरिद गर्ने गर्दछन्। यस्ता सूचकमा तीन विकास बैंक अगाडि नै देखिएको छ। 

गरिमा विकास बैंक

दोस्रो बजारमा विकास बैंकमध्येको सबैभन्दा आकर्षक गरिमा विकास बैंकलाई मानिन्छ। बैंकको साताको अन्तिम दिन शुक्रबार ३८७ रुपैयाँमा कारोबार भएको छ। पछिल्लो ५२ हप्तामा ७५० रुपैयाँसम्म पुगेको थियो।

garima.PNG

न्यूनतम ३१८ रुपैयाँसम्म झरेको थियो। गतवर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिएको बैंकले आगामी वर्ष पनि १५ देखि २० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता राख्दछ। बैंकले पछिल्लो दश वर्षमा सबैभन्दा धेरै २५ प्रतिशतसम्म लाभांश दिएको थियो। 

बैंकको प्रतिसेयर आम्दानी २२.८४ रुपैयाँ रहेको छ। सेयर मूल्य र आम्दानीको (पिई) रेसियो १७.८९ प्रतिशत रहेको छ। बुक भ्यालु १४० रुपैयाँ रहेको छ। बैंकको ४ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। बजार पुँजीकरण १७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा समेत १३ प्रतिशतले बढाएको छ। बैंकमा लामो समयका लागि होल्ड गर्नेहरूका लागि सबैभन्दा राम्रो हुने देखिन्छ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंक पनि सूचकका हिसाबले एकदमै राम्रो कम्पनी हो। मुक्तिनाथ विकास बैंकको दोस्रो बजारमा ४३९ रुपैयाँमा कारोबार भएको छ। बैंकको पछिल्लो ५२ हप्तामा ८५० रुपैयाँसम्म पुगेको थियो। 

muktinath.PNG

बैंकको न्यूनतम ३६८ रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २४.०६ रुपैयाँ रहेको छ। पीई रेसियो २०.५७ प्रतिशत रहेको छ। बुक भ्यालु १३७ रुपैयाँ रहेको छ। बैंकले १८ प्रतिशत लाभांश दिएको थियो। बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण २४ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। 

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंक पनि लगानीकर्ताका लागि आकर्षक बैंकको रुपमा लिन सकिन्छ। बैंकको सेयर मूल्य ३०४ रुपैयाँसम्म रहेको छ। पछिल्लो ५२ हप्तामा ८८३ रुपैयाँ सम्म पुगेको मूल्य घटेर ३०५ रुपैयाँसम्म झरेको थियो। बैंकको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ। 

बजार पुँजीकरण १५ अर्ब १६ करोड रुपैयाँ रहेको छ। बैंकले गतवर्षको नाफाबाट सेयर धनीलाई ९.२५ प्रतिशत लाभांश दिएको थियो। बैंकको प्रतिसेयर आम्दानी २३.७४ रुपैयाँ रहेको छ। 

malalxmi.PNG

यस्तै पीई रेसियो १३.६५ प्रतिशत रहेको छ। बुक भ्यालु १५६ रुपैयाँ रहेको छ। यो बैंकको पनि लामो सयम होल्ड गर्ने लगानीकर्ताका लागि एकदमै राम्रो रिर्टन पाउने भएकोले पनि आकर्षक मानिन्छ। 


प्रकाशित : शुक्रबार, असार ३१ २०७९११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend