शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

एकवर्षमै थपिए ३०८ नयाँ उद्योग, ३ खर्ब ४१ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता

images
शुक्रबार, असार ३१ २०७९
images
images
एकवर्षमै थपिए ३०८ नयाँ उद्योग, ३ खर्ब ४१ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता

गत आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा १ सय ५ वटा उद्योग बढी दर्ता भएका छन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्षमा ३ सय ८ वटा उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको भन्दा बढी उद्योग दर्ता भएका छन्।

images
images

गत आर्थिक वर्ष २०७७/०७८ मा २ सय ३ वटा उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा १ सय ५ वटा उद्योग बढी दर्ता भएका छन्।

images
images

उद्योग विभागका अनुसार होटल र हाइड्रोमा बढी लगानी प्रतिबद्धतासँगै उद्योग दर्ता भएका छन्। चालु आर्थिक वर्षमा सवारी एसेम्बल उद्योगमा ७ वटाभन्दा बढी दर्ता भएका छन्। एक दर्जनभन्दा बढी चामल उत्पादन गर्ने उद्योग र तेल प्रशोधन उद्योग दर्ता भएको विभागले जनाएको छ।

images
images
images

विभागका अनुसार सबैभन्दा बढी लगानी प्रतिबद्धता भएको उद्योग सूर्यतार सिमेन्ट हो। यो सिमेन्ट उद्योगमा मात्रै २४ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता रहेको छ।

विभागका अनुसार चालु आर्थिक वर्षमा ३ सय ८ उद्योगमा ३ खर्ब ४१ अर्ब ८३ लाख ४ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। लगानी प्रतिबद्धता पनि गत आर्थिक वर्षको भन्दा बढी हो। गत आर्थिक वर्ष १ खर्ब ५६ अर्बको मात्रै लगाानी प्रतिबद्धता आको थियो।

यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा कुल २ सय ७७ उद्योगमा १ खर्ब ५२ अर्बको लगानी प्रतिबद्धता आएको थियो। विभागका अनुसार अहिलेसम्म कुल ८ हजार ७६ सय ६३ उद्योग दर्ता भएका छन्। यसरी दर्ता भएका उद्योगमा २६ खर्ब २५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ।

३ आर्थिक वर्षमा दर्ता भएका उद्योग स‌ंख्या

३ वर्षको लगानी प्रतिबद्धता


प्रकाशित : शुक्रबार, असार ३१ २०७९०९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend