शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम निगमलाई सरकारले दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ३१ २०७९
images
images
पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम निगमलाई सरकारले दिने

सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने निर्णय पनि गरेको छ।

images
images

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने भएको छ। 

images
images

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उपलब्ध गराउने निर्णय गरेको हो।

images
images

यस्तै सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने निर्णय पनि गरेको छ। 

images
images
images

यस्ता छन् मन्त्रीपरिषद्‍का अरु निर्णय- 

- सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने।

- विश्वव्यापी व्यापारका लागि सहायता पुनरवलोकन कार्यक्रममा नेपाल सहभागी हुने।

- नेपाल-तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने।

- नेपाली इँटा व्यवसायीको दुईपक्षीय परामर्श संयन्त्र स्थापित गर्ने।

- नेपाल-चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने।

- नेपाल र मोरक्कोको दुईपक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने।

- राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने।

- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने।

- सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिनाका लागि थप्ने।


प्रकाशित : शुक्रबार, असार ३१ २०७९०७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend