काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। बिहीबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो।
बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलामा ८ सय रुपैयाँ घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदी मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोा ११ सय ४५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ।