सोमबार, असोज ७ गते २०८१    
images
images

बालेनले भने : महानगरले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै संस्थाका लागि होइन, खेलका लागि हो

images
बिहीबार , असार ३० २०७९
images
images
बालेनले भने : महानगरले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै संस्थाका लागि होइन, खेलका लागि हो

'कानूनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ। फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानूनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन'

images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/०८० का लागि काठमाडौं महानगरले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको महानगर प्रमुख बालेन शाहले बताएका छन्। 

images
images
images

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा 'रुटिन अफ नेपाल बन्द' संस्थालाई रकम दिन लागेको भन्दै आइरहेको विषयमा ध्यानाकर्षण भएको जनाउँदै प्रमुख शाहले गलत विषयलाई अतिरञ्जित नगर्न आग्रह गरेका छन्।

उनले आधुनिक विश्वमा ई-स्पोर्टस विधा खर्बौँको आर्थिक योगदान गर्ने बिधाका रुपमा रहेको उल्लेख गर्दै नेपालमा यो खेलको व्यवसायिक पाटो बढ्दै गएको बताएका छन्। 'यही वर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ। यस खेलमा योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरू सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन्। यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो' उनले बताएका छन्। 

'कानूनले तोकेबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ। फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानूनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन' उनले भने। 

images

यस विषयमा आफ्नो नाम जोडिएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाहले भनेका छन्, ‘नाम जोडिएका समाचारहरूको खण्डन गर्दै उहाँहरू सबैलाई पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु।’


प्रकाशित : बिहीबार , असार ३० २०७९१३:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend