शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

'विकासशील मुलुकमा स्तरोन्नतिपछिको व्यापार रणनीति बनाउनुपर्छ'

images
बिहीबार , असार ३० २०७९
images
images
'विकासशील मुलुकमा स्तरोन्नतिपछिको व्यापार रणनीति बनाउनुपर्छ'
images
images

काठमाडौं- पूर्वअर्थसचिव रामेश्वर खनालले मुलुक विकासशील मुलुकमा स्तरोन्नति भएपछिको अवस्थाको मूल्यांकन गर्दै व्यापार तथा लगानीसम्बन्धी रणनीति बनाउनुपर्ने बताएका छन्।

images
images

युरोपियन युनियन, जर्मन सहयोग नियोग (जिआइजेड) र उद्योग मन्त्रालयले आयोजना गरेको नेपालको व्यापार तथा लगानीको सम्भावनाको खोजीसम्बन्धी कार्यक्रममा उनले यस्तो बनाएका हुन्।

images
images

'हाल भारतले नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तुलाई भारतले शून्य भन्सारमा निर्यात गर्न दिइरहेको छ, स्तरोन्नति भएपछि ५० प्रतिशत भन्न सक्छ, त्यसका लागि अहिल्यैदेखि तयारी हुनुपर्छ,' उनले भने। 

images
images
images

नेपालले व्यापार र लगानीको राम्रो साझेदारी भएका मुलुकसँग बिप्पा र दोहोरो करमुक्ति सम्झौता (डिटिएए) गर्नुपर्ने उनले बताए। महिलालाई वित्तीय पहुँच, सिप बजार पूर्वाधारमा सहज पहुँच जरूरी भएको पनि उनले बताए। 

नेपालको व्यापारमा लजिस्टिक एकदमै कमजोर र अपर्याप्त रहेके र त्यसलाई बलियो बनाउनुपर्ने उनले बताए। नेपालमा बौद्धिक सम्पत्ति कानून बलियो बनाउनुपर्ने पनि उनले बताए। 

कार्यक्रममा उद्योग मन्त्रालयका सचिव डा. गणेश पाण्डेले नेपालमा उत्पादन वृद्धि गर्न सिँचाइ सुविधा विस्तार गर्नुपर्ने बताए। नेपाल भूपरिवेष्ठित भएकाले उत्पादन लागत १५ देखि २० प्रतिशत बढ्ने उनले बताए। विभाजित प्राथमिकताले विकास नहुने भएकाले प्राथमिकता केन्द्रत हुनुपर्ने उनले बताए।


प्रकाशित : बिहीबार , असार ३० २०७९११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend