शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

भेट्रान बैंकर भुवन दाहालको पुस्तक 'रिटायरमेन्ट एट फिफ्टी' 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ३० २०७९
images
images
भेट्रान बैंकर भुवन दाहालको पुस्तक 'रिटायरमेन्ट एट फिफ्टी' 

दाहालको यो पुस्तक सांग्रिला बुक्सले प्रकाशित गरेको हो। 

images
images

काठमाडौं- अनुभवी बैंकर भुवन दाहालले अनुभवमा आधारिक आफ्नो पुस्तक ल्याएका छन्। नेपालको वित्तीय क्षेत्रमा लामो अनुभव भएका दाहालले बैंक तथा वित्तीय क्षेत्रका जानकारी समेटिएको पुस्तक 'रिटायरमेन्ट एट फिफ्टी' ल्याएका हुन्। 

images
images

दाहालको यो पुस्तक सांग्रिला बुक्सले प्रकाशित गरेको हो। आफ्नै अनुभव तथा बैंकिङ क्षेत्रको विवरण समेटिएको पुस्तक दाहालले ल्याएका हुन्। यसमा नेपालका  वाणिज्य बैंकहरूको अवस्था र आफैले नेतृत्व गरेका बैंकहरूका बारेमा लेखेका छन्। 

images
images

दाहालले यो किताबमा बैंकिङ क्षेत्रका विभिन्न आयामलाई समेटेका छन्। पुस्तक १ साउनदेखि बजारमा उपलब्ध हुने दाहालले जानकारी दिए।

images
images
images

अंग्रेजी भाषाको यो पुस्तकमा वाणिज्य बैंकका विभिन्न पक्षमा व्याख्या गरिएको छ। बैंकहरूको व्यापार, निक्षेप, ऋण परिचालन तथा नाफाका विषयमा विस्तृत व्याख्या गरिएको छ। नियामकीय व्यवस्था तथा सुधारका कुरा पनि पुस्तकमा समेटिएका छन्। 

दाहालले आफ्नो पुस्तकमा आफूले नेतृत्व गरेको अर्थात् आफू प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका बैंकका बारेमा पनि विस्तृत लेखेका छन्। बैंकको व्यापारदेखि आफ्नो नेतृत्वमा भएका तुलनात्मक कार्य तथा परिणामको व्याख्या गरिएको छ। 

त्यस्तै दाहाल आफू सीईओ भएको अर्को बैंक नबिल बैंकका बारेमा पनि छुट्टै व्याख्या गरिएको छ। नबिलको परिचयसँगै त्यसको व्यापारिक प्रतिफल तथा बैंकिङ परिणामका बारेमा उल्लेख गरिएको छ। 

दाहालले सीईओहरूको संस्था नेपाल बैंकर्स एसोसिएसनअन्तर्गत रहेर काम गर्दाका अनुभव छुट्टै च्याप्टरमा समेटेका छन्। बैंकर्स संघले गरेका काम तथा लबिङका बारेमा पुस्तकमा उल्लेख गरिएको छ। उक्त अवधिमा संघबाट भएका काम तथा पहलका बारेमा समेटिएको छ। 

पुस्तकमा दाहालले नेपालको बैंकिङको अनुभवमात्र होइन भविष्य कस्तो बनाउने? भन्ने अवधारणा पनि प्रस्तुत गरेका छन्।


प्रकाशित : बिहीबार , असार ३० २०७९१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend