शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

१०० ट्रिलियनको विश्व अर्थतन्त्र, कुन देशको हिस्सा कति? 

सन् २०३० मा चीनले अमेरिकालाई उछिनेर विश्वकै ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

images
शुक्रबार, असार ३१ २०७९
images
images
१०० ट्रिलियनको विश्व अर्थतन्त्र, कुन देशको हिस्सा कति? 

विश्व अर्थतन्त्रमा सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका हो। सयुक्त राज्य अमेरिकाको जीडीपी २५.३ ट्रिलियन अमेरिकी डलरको छ। दोस्रोमा चीन तथा तेस्रोमा चीन छन्। 

images
images

काठमाडौं- विश्व अर्थतन्त्रमा एक सय ट्रिलियनको कोशेढुंगा पार भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको एउटा प्रक्षेपणअनुसार सन् २०२२ को अन्त्यसम्म विश्व अर्थतन्त्रको उत्पादकत्व १०४ ट्रिलियन (१००४ खर्ब) अमेरिकी डलर पुग्नेछ। 

images
images

यद्यपि, पछिल्लो समय संसारमा देखिएको युद्ध, आपूर्ति संकट तथा मूल्यवृद्धिजस्ता बहुआयामिक प्रभावका कारणले विश्व गार्हस्थ उत्पादनको वृद्धिदर सुस्त हुने छ। मुद्रा कोषले यसअघिको ४.४ प्रतिशतको वृद्धिदरलाई घटाएर ३.६ मा झारेको छ। 

images
images

विश्वमा सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका हो। सयुक्त राज्य अमेरिकाको जीडीपी २५.३ ट्रिलियन अमेरिकी डलरको छ। दोस्रोमा चीन तथा तेस्रोमा जापान छन्। 

images
images
images

यी हुन् संसारका पाँच ठूला अर्थतन्त्र 

१. सयुक्त राज्य अमेरिका -  २५.३ ट्रिलियन अमेरिकी डलर 
२. चीन-                             १९.९ ट्रिलियन डलर 
३. जापान-                          ४.९ ट्रिलियन डलर 
४. जर्मनी-                           ४.३ ट्रिलियन डलर 
५. सयुक्त अधिराज्य-            ३.४ ट्रिलियन डलर 

यद्यपि, विश्व अर्थतन्त्र अहिले सकारात्मक लयमा देखिएको छैन। यसअघि वृद्धिदरको प्रक्षेपण सीमित पारिएको छ भने अझै संकुचित हुने सम्भावना छ। विश्व अर्थतन्त्रमा अहिले धेरै समस्याको एकसाथ उदय  भएको छ। मूल्यवृद्धि उकालो यात्रा रोकिएको छैन। हाल विश्व उपभोक्ता मूल्यवृद्धि ७ प्रतिशत पुगेको छ। बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्नका लागि भन्दै संसारभरका केन्द्रीय बैंकले ब्याजदर बढाएका छन्। 

100-trillion-global-economy-1200px.webp


   


प्रकाशित : शुक्रबार, असार ३१ २०७९०४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend