काठमाडौं- अर्थ मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गरेका छन्।
आज बालुवाटारमा भएको भेटमा आगामी मौद्रिक नीतिका बारेमा छलफल भएको थियो।
अर्थ मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीले मौद्रिक नीतिका बारेमा चासो राखेका थिए। त्यसमा गभर्नर अधिकारीले ब्रिफिङ गरेका थिए।
प्रधानमन्त्री देउवाले वर्तमान अर्थतन्त्रको अवस्था तथा आउनसक्ने अवस्थालाई समेत मध्यनजर गर्दै नीति ल्याउन निर्देशन दिएका थिए।
गभर्नर अधिकारी मुछिएको एम अधिकारी प्रकरणका बारेमा देउवाले कुनै चासो दिएका थिएनन्।