शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

विभूषण बाँडेरै सरकारले ३ वर्षमा सक्यो साढे २४ करोड

२ सय ७४ जनाले गरे अस्वीकार

images
बिहीबार , असार ३० २०७९
images
images
विभूषण बाँडेरै सरकारले ३ वर्षमा सक्यो साढे २४ करोड

घोषणा भएमध्येको १७६ मानपदवी, ३६ अलङ्कार र ६२ पदकसमेत २७४ विभूषण वितरण नभइ मौज्दात रहेको छ।

images
images

काठमाडौ- सरकारले तीनवर्षमै विभूषण वितरणका नाममा झण्डै साढे २४ करोड रुपैयाँ सकाएको छ। महालेखाले सार्वजनिक गरेको ५९ ‍औँ प्रतिवेदनमा आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/०७८ सम्ममा विभूषण वितरणमा २४ करोड ४१ लाख ९३ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ।

images
images

नेपाल सरकार मन्त्रिपरिषद्‍बाट २०७५/७६ मा ५१८ जना, २०७६/७७ मा ६३३ जना र ०७७/०७८ मा ५९३ जना विभूषित गर्ने निर्णय गर्दै विभूषण वितरणमा करोडौ रुपैयाँ खर्च गरेको हो।

images
images

घोषणा गरेका विभूषण तयार गर्न गृह मन्त्रालयले २०७५/७६ मा ५ करोड ६९ लाख ७७ हजार, २०७६/७७ मा ८ करोड ५० लाख र २०७७१७८ मा १० करोड २२ लाख १६ हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

images
images
images

घोषणा भएमध्येको १७६ मानपदवी, ३६ अलङ्कार र ६२ पदकसमेत २७४ विभूषण वितरण नभइ मौज्दात रहेको समेत प्रतिवेदनमा उल्लेख छ।

विभूषण तयार गर्न लाग्ने लागत बर्सेनि बढ्दै गएकोले लागतमा कमी ल्याउने तथा विभूषित हुने संख्या निश्चित गरी खर्चमा नियन्त्रण गर्नुपर्ने महालेखाको ठहर छ।

सरकारले विभूषण ऐन, २०६४ मा ४ प्रकारका १२ श्रेणी मानपदवी, ९ प्रकारका अलङ्कार र १३ प्रकारका पदकबाट राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने महानुभावलाई विभूषण समितिले स्वीकृत गरेको मापदण्ड, २०७५ बमोजिम सिफारिस गर्ने र नेपाल सरकारले निर्णय गर्ने व्यवस्था छ। सोहीअनुसार विभूषण वितरण हुँदै आएको छ।


प्रकाशित : बिहीबार , असार ३० २०७९०८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend