काठमाडौं- दसैँ अगाडि नै वित्तिय संस्थाहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्।
बैैंकहरूमध्ये माछापुच्छ्रेले १४ प्रतिशत, सिटिजन्सले १६ प्रतिशत, सानिमाले १७.८९ प्रतिशत, कुमारीले ८.६७ प्रतिशत, नेपाल पूर्वाधार विकास बैंकले ८.५ प्रतिशत र कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने भएका छन्।
बैंकहरूले दिने लाभांशको लागि राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृत गराएर लाभांशको घोषणा पनि गरिसकेका छन्। सबै संस्थाहरुले साधारणसभाबाट समेत पारित गराइसकेका छन्।