शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

भारतीय राजदूतले भने - गहुँ चिनी लगायतका वस्तुमा भारतको निर्यात प्रतिबन्ध नेपालका लागि होइन 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ३० २०७९
images
images
भारतीय राजदूतले भने - गहुँ चिनी लगायतका वस्तुमा भारतको निर्यात प्रतिबन्ध नेपालका लागि होइन 

'भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ।'

images
images

काठमाडौं- भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन्।

images
images

नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको औपचारिक भेटवार्तामा निर्यात प्रतिबन्ध नेपालको लागि नभएको बताएका हुन्। 

images
images

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारका तर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए।

images
images
images

जवाफमा राजदूत श्रीवास्तवले भने- 'भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ। तपाईंहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ, हामी दुवै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहन्छौँ।'

अध्यक्ष गोल्छाले महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्न अनुरोध गरेसँगै राजदूतले यस कार्यमा पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएको महासंघले विज्ञप्तीमार्फत उल्लेख गरेको छ।


प्रकाशित : बिहीबार , असार ३० २०७९०७:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend