काठमाडौं- बिहीबार सुन तथा चाँदीको मूल्य बढेको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोदा ३ सय रुपैयाँ बढेको हो। बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएकोमा बिहीबार ३ सय रुपैयाँ बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।