बिहीबार , जेठ ३ गते २०८१    
images
images
images
images

वैदेशिक सहायताबाट सञ्चालित सडक आयोजनाको कार्यान्वयन दयनीय

खर्च नहुँदा ऋणको समेत ब्याज दायित्व बढ्यो

images
बिहीबार , असार ३० २०७९
images
images
वैदेशिक सहायताबाट सञ्चालित सडक आयोजनाको कार्यान्वयन दयनीय

एडीबीकै सासेक राजमार्ग सडक सुधार आयोजना अन्तर्गत कञ्चनपुर कमला पूर्वी खण्डका लागि १ अर्ब ३७ करोड ५५ लाख विनियोजन भएकोमा ३ करोड २२ लाख मात्र खर्च भएको छ। यो विनियोजित रकमको २.३४ प्रतिशतमात्र हो। 

images
images

काठमाडौं- वैदेशिक सहायताबाट देशका विभिन्न स्थानमा सडक निर्माण, मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ। वैदेशिक सहायताबाट सञ्चालनमा रहेका विभिन्न १२ आयोजना अन्तर्गतका सडक पूर्वाधार निर्माणको प्रगति दयनीय रहेको महालेखाको ५९औँ प्रतिवेदनमा उल्लेख छ। 

images
images
images

गत आर्थिक वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विभिन्न आयोजनालाई ३८ अर्ब ४१ करोड १७ लाख रुपैयाँ ऋण प्राप्त भएकोमा १० अर्ब १० करोड ७२ लाख रुपैयाँमात्र खर्च भएको छ। प्राप्त वैदेशिक ऋण सहायता मध्ये २६.३१ प्रतिशतमात्र खर्च भएको महालेखाले जनाएको छ। यसरी ऋणमा आएको रकम उपभोग नहुँदा उक्त रकमको समेत ब्याज तिर्नुपर्ने अवस्था रहेको छ। 

images

भारतको एक्जिम बैंकबाट सडक सुधार आयोजनाका लागि ७ अर्ब ८१ करोड ६३ लाख रुपैयाँ विनियोजन भएकोमा ३ अर्ब ७३ करोड १२ लाख रुपैयाँ अर्थात ४७.७५ प्रतिशतमात्र खर्च भएको छ। 

images
images

त्यस्तै आईडीएबाट क्षेत्रीय व्यापार तथा यातायात आयोजना (मुग्लिन नारायणगढ सडक) ४८ करोड ५० लाख रुयैयाँ विनियोजन भएकोमा १८ करोड २० लाख रुपैयाँमात्र खर्च भएको छ। यो विनियोजित रकमको ३७.५३ प्रतिशतमात्र खर्च हो। 

images
images

आईएमएफ अन्तर्गतको आरसीएफबाट सडक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १ अर्ब १० करोड १० लाख रुपैयाँ विनियोजना भएकोमा गत वर्ष ६० करोड १५ लाख रुपैयाँ अर्थात ५४.६३ प्रतिशत खर्च भएको तथ्यांक छ। 

जापान सरकारको ऋण सहयोगमा नागढुंगा सुरुङ निर्माण आयोजनाका लागि ३ अर्ब ५५ करोड ८१ लख रुपैयाँ विनियोजन भएकोमा १ अर्ब २८ करोड २५ लाख रुपैयाँ खर्च भएको छ। यो आयोजनाले गत वर्ष विनियोजित रकमको ३६ प्रतिशतमात्र खर्च गरेको थियो। तर पछिल्लो सयम भने यो आयोजनाको प्रगति उल्लेखनीय रहेको छ। अघिल्लो साता आयोजनाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार आयोजनाको काम ५६ प्रतिशत सकिएको छ। 

एडीबीले सासेक राजमार्ग सडक सुधार आयोजना कञ्चनपुर कमला (पश्चिम) खण्डका लागि ३ अर्ब ५५ करोड ८१ लख रुपैयाँ विनियोजन भएकोमा १ अर्ब २८ करोड २५ लाख अर्थात ३६ प्रतिशत मात्र खर्च भएको छ। 

त्यस्तैगरि एडीबीअन्तर्गतकै सासेक राजमार्ग सडक सुधार आयोजनाका लागि २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएकोमा ३८ करोड ८४ लाख रुपैयाँ अर्थात १६.२३ प्रतिशतमात्र खर्च भएको छ। 

एडीबीले नै सासेक राजमार्ग सडक सुधार आयोजना (साँघुटार-ओखलढुंगा कुइभीर सडक)लाई २ अर्ब ६२ करोड ४४ लाख विनियोजन भएकोमा ८५ करोड ९२ लाख रुपैयाँमात्र खर्च भएको हो। यो भनेको विनियोजित रकमको ३२.७४ प्रतिशतमात्र हो। 

एडीबीकै सासेक राजमार्ग सडक सुधार आयोजना अन्तर्गत कञ्चनपुर कमला पूर्वी खण्डका लागि १ अर्ब ३७ करोड ५५ लाख विनियोजन भएकोमा ३ करोड २२ लाख मात्र खर्च भएको छ। यो विनियोजित रकमको २.३४ प्रतिशतमात्र हो। 

आईडीएअन्तर्गत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाका लागि २ अर्ब ६९ करोड ६ लाख रुपैयाँ विनियोजन भएकोमा ४८ लाख रुपैयाँ मात्र खर्च भएको छ। वैदेशिक ऋणमार्फत काम अघि बढेका आयोजना मध्ये सबैभन्दा कमजोर खर्च स्थिति रहेको आयोजना नै यही हो। जसको विनियोजित रकमको ०.१८ प्रतिशतमात्र खर्च भएको छ। 

एडीबीले ऋण उपलब्ध गराएको सासेक अन्तर्गतकै दुई आयोजना मुग्लिन-पोखरा सडक योजना १ र २ मा क्रमशः २ अर्ब ४० करोड १ लाख र १ अर्ब ६० करोड रुपैयाँ विनियोजन भएको छ। गत आवमा यी दुई योजनाको खर्च क्रमशः २१ करोड ७९ लाख र ८ करोड १३ लाख रुपैयाँ भएको छ। यो कुल विनियोजत रकमको क्रमशः ९.०८ र ५.०८ प्रतिशतमात्र खर्च भएको हो।

आईडीए अन्तर्गत मेट्रो रेल तथा मोनो रेल आयोजनाका लागि ५ अर्ब ३३ करोड ८३ लाख रुपैयाँ विनियोजन भएकोमा गत वर्ष ३ अर्ब ११ करोड २१ लाख भएको छ। यो कुल विनियोजनको ५८.३० प्रतिशतमात्र खर्च हो। 

images

प्रकाशित : बिहीबार , असार ३० २०७९०६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend