शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

राफसाफ कमिसनमा १५ प्रतिशत कर कट्टी गर्नुपर्छ, सीडीएसबाट थप ६ करोड असुल गर : महालेखा 

images
बुधबार, असार २९ २०७९
images
images
राफसाफ कमिसनमा १५ प्रतिशत कर कट्टी गर्नुपर्छ, सीडीएसबाट थप ६ करोड असुल गर : महालेखा 

यस्तो कमिसनबा सीडीएसले गत वर्ष ४८ करोड ८४ लाख कमिसन पाएको थियो। 

images
images

काठमाडौं- धितोपत्र कारोबारको राफसाफ तथा फर्स्यौट गर्दा भुक्तानी हुने कमिसनमा आयकर ऐनको दफा ८८ अनुसारको व्यवस्थाबाट कर उठाउन महालेखाले निर्देशन दिएको छ। 

images
images

महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनमा महालेखाले नेपाल स्टक एक्सचेन्ज कम्पनी लिमिटेडलाई सोही व्यवस्था अनुसार कर कट्टी गर्न भनेको छ। 

images
images

धितोपत्रको कारोबार सेटलमेन्टको काम हाल सीडीएस एण्ड क्लियरिङ लमिटेडले गर्दे आएको छ। यो कम्पनीले यसरी राफसाफ गर्दा कारोबार रकमको ०.००१७५ प्रतिशत कमिसन पाउँदै आएको छ। यस्तो कमिसनबा सीडीएसले गत वर्ष ४८ करोड ८४ लाख कमिसन पाएको थियो। 

images
images
images

यस्तो कमिसन भुक्तानी गर्दा १.५ प्रतिशत मात्र कर कट्टी गरिएको थियो। तर यसमा १५ प्रतिशत कर कट्टी गर्नुपर्ने महालेखाको ठहर छ। यस्तो गर्दा बाँकी रहेको ६ करोड ८१ लाख ५९ हजार कर असुल गर्नुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।  

 

 


प्रकाशित : बुधबार, असार २९ २०७९१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend