आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एमसीए नेपालमा चेक रुजु गर्न ५० लाख डलरमा परामर्शदाता

बुधबार, असार २९ २०७९
एमसीए नेपालमा चेक रुजु गर्न ५० लाख डलरमा परामर्शदाता

पुनर्वास कार्यायोजना तथा पुनर्वास कार्या योजना लगायतका कामका लागि सम्झौता गरिएको परामर्शदाताले काम सम्पन्न नगर्दै सम्झौता भंग भएको छ। यसबाट काम पनि नभएको तथा लात वृद्धि भएको छ। 

काठमाडौं- अमेरिकी सहायता परियोजना एमसीसी कार्यान्वयनका लागि गठन भएको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले परामर्शमा अनावश्यक खर्च गरेको महालेखाको प्रतिवेदनले औँल्याएको छ। 

महालेखाको ५९ औँ प्रतिवेदनमा एमसीए नेपालले परामर्शका नाममा करोडौँ खर्चिए पनि काम नभएको तथा समितिकै जनशक्तिबाट हुने कामका लागि महँगो शुल्क तिरेर सेवा लिएको उल्लेख गरिएको छ। 

पुनर्वास कार्यायोजना लगायतका कामका लागि सम्झौता गरिएको परामर्शदाताले काम सम्पन्न नगर्दै सम्झौता भंग भएको छ। यसबाट काम पनि नभएको तथा लागत वृद्धि भएको छ। 

त्यस्तै एमसीए नेपालले चेक रुजु गर्नकै लागि ५० लाख अमेरिकी डलर दिनेगरी परामर्शदाता नियुक्त गरेको छ। यस्तो काम गर्नका लागि भित्रै जनशक्ति पर्याप्त हुने भएपनि समितिले अनावश्यक खर्च गरेको महालेखाको ठहर छ। 

 


प्रकाशित : बुधबार, असार २९ २०७९१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend